मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालको सूची बुझाएका छन् ।
मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाउँदै कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको उनले बताएका छन् । उनले विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा ध्यानाकर्षण गराएको बताए ।
कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसी दिइएको उल्लेख गरेका छन् । उनले छुट सुविधा नदिने अस्पताल बन्द गराउने चेतावनी दिएका छन् ।