मिडियाबाजी डटकम काठमाडौँ, असार ३ । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ।
इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सीमा नाकाबाट इजरायल छोड्न अपील गरेको छ।
नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह समेत गरेको छ। जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै देश छोड्न अपील गरेको छ । इजरायल–इरान द्वन्द्व बढ्दै गएको,नागरिक सुविधाहरूमा क्षति पुर्याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ। चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सीमाना खुला राख्ने बताएका छन्।