चितवन क्षेत्र २ मा ४७ प्रतिशत मत खस्यो

  बैशाख १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १० ।  चितवन क्षेत्र २ मा आइतबार विहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रशित मत खसेको जानकारी दिए ।

जिल्लाका सवै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको उनले जानकारी दिए । अपरान्ह १२ बजेदेखि भने भरतपुर महानगरपालिकाको वडा –११ नयाँकिरण मावि स्थलमा विवाद भएका कारण केही समय रोकिएको छ । अन्य स्थानमा भने शान्तिपूर्ण रुपले मतदान भइरहेको उहाँले जानकारी दिए ।

निर्वाचन क्षेत्र २ अन्तर्गत ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एउटा मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । चितवन –२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । तीमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरूष र एक जना तेस्रोलिङ्गी मतदाता छन् । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर