मिडियाबाजी डटकम काठमाडौं ,माघ २५ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण प्रधान नियुक्त भएका छन् ।
कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।