घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  बैशाख १०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, वैशाख १० ।  सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर