गोकुल बास्कोटा समाजिक सञ्जालमा लेख्छन्__’रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो’

  माघ २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २३ ।  नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति दिएको अभिव्यक्तिको समर्थन गरेका छन् ।

आज बिहान समाजिक सञ्जालमा लेख्दै उनले रविले निस्फिक्री बालेको टिप्पणी गरेका हुन् ।

हिजो सत्रकार सम्मेलनमा रविले दिएको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताए । ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो । प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो,’ बास्कोटाले भनेका छन् ।

पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिँदै नेपाली मिडियाको गलत रवैयाविरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर