गृहमन्त्री लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

  पुष १६, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १६ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।

तपाईंको प्रतिक्रिया

थप खबर