गल्छी–रसुवागढी सडक एक साताभित्र सञ्चालनमा ल्याउने तयारी

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ । गल्छी–त्रिशुली–स्याफ्रुबेसी–रसुवागढी सडक एक साताभित्र पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

उक्त सडक एक साताभित्र खुलाउने तयारी सहित अहिले निर्माणको काम जारी राखिएको हो ।

२४ असारमा आएको बाढीले यस सडक खण्डका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।

त्यस दिन १ हजार ३ सय मिटर सडक बगेको थियो । ४ साउनमा सडक सुचारु भएको थियो । १४ साउनमा आएको बाढीले थप ५ स्थानको ६ सय मिटर सडकमा पूर्णक्षति गरेको थियो । यसरी क्षति भएका स्थानमा मेदामुदुङ, कुलुङ, तातोपानी, टिमुरे र चेकपोस्ट छन् । अहिले मेदामुदुङ, कुलुङ र तातोपानीमा नयाँ ट्र्याक खोलिएको छ ।

टिमुरे र चेकपोस्ट क्षेत्रमा कठिनाई रहे पनि काम जारी रहेकोे छ । टिमुरेमा ट्र्याक खन्ने क्रममा विभागको एस्काभेटर समेत पहिरोमा पुरिएको थियो । यसलाई ९ दिनपछि निकालिएको हो । अहिले पनि ३ सय मिटर सडक अवरुद्ध रहेको छ । मौसमले साथ दिए एक साताभित्र यो सडक सञ्चालनमा आउने छ ।

तपाईंको प्रतिक्रिया

थप खबर