गभर्नर पौडेलको शेयर मात्रै १४ करोडको, अरु सम्पत्ति कति ?

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।   नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले राष्ट्र बैंकमा असार असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख छ ।

भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ दाममा फैलिएको उनले उल्लेख गरेका छन् । दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ । सैंबुमा एक करोड ५५ लाखको जग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन् । घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन् । उनले करिब ४५ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरेका छन् । शेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवद्र्धक शेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता शेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता शेयर रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर