खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १२।  खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ ।

आज काठमाडौँको माइतीघर मण्डलामा प्रभावितले प्रदर्शन गरेका हुन् । मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् । प्रभावितहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा ‘गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन् ।

२०६५ मंसिर १ मा खोला किनारमा २० मिटर खुला छाड्नुपने आदेश गरेको सर्वोच्चले २०८० पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । खेला किनारमा ४० मिटर छोड्नुपर्ने सर्वोच्चको परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरले सूचना जारी गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर