खुल्यो बीपी राजमार्ग 

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३० ।  सोमबार साँझको वर्षापछि अवरुद्ध भएको बीपी राजमार्ग १४ घण्टापछि पुनः सञ्चालनमा आएको छ। सोमबार साँझ करिब ६ बजेदेखि बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–१२, माम्तीस्थित रोशीखोलाको बाढीले डाइभर्सन बगाउँदा सवारी आवागमन ठप्प भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसो १ बजेबाट राजमार्ग पुनः सञ्चालनमा आएको छ । स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सडक विभागको टोलीले सडक खुलाउने काममा समन्वय गरेका थिए । ट्राफिक कार्यलयका अनुसार अहिले दुईतर्फी नै सडक खुला भए पनि केही स्थानमा भने साँघुरो रहेकाले एकतर्फी नै रहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर