मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गरेका हुन्।
मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चान हुनेछ। उक्त कार्यक्रममा सहभागि हुनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गएको मन्त्रालयले जनाएको छ।