मिडियाबाजी डटकम काठमाडौँ, साउन २४। कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच झडप भइरहेको छ ।
कुटपिट हुँदा घाइते धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिटबाट थप ४५ जना घाइते छन् ।
उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे छानबिन भइरहेको जनाइएको छ । कारागारको ‘ए’ र ‘बी’ ब्लकका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ । विगत केही समयदेखि कैलाली कारागारमा दुई समूहबीच झडपका घटना भइरहेका छन् ।