के मुलुक सैनिक सर्वोच्चता तिर हो, कि राष्ट्रपति सक्रिय हुन्छन्?

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २६।  जेनजी युवाहरुको आन्दोलनले मुलुक अस्तव्यस्त भएको र पुरानो सत्ता बहिर्गन भएको केही दिन बितिसक्दा पनि नयाँ सरकार बन्ने प्रक्रिया अगाडि नबढ्दा मुलुकमा अन्यौल व्याप्त भएको छ।

वर्तमान संसद यथावत रहेको र वर्तमान संविधान बमोजिक नयाँ सरकार गठन गर्ने हो कि यो संविधान भन्दा बाहिर गएर नयाँ सरकार गठन गर्ने भन्ने विषयसमेत अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

जेनजी आनदोलनकारीहरुसहित हिजोका केही विपक्षीहरुसँग नेपाली सेनाले जंगी अड्डामा मै वार्ता गरेको विषयले भने मुलुक वर्तमान संविधान र संसद भन्दा बाहिर गएर अर्को सरकार बनाउने तयारीमा छ जस्तो देखिन्छ।

तर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यस बारेमा केही बोलेका छैनन् नत उनी कहाँ छन् भन्ने नै खुलेको छ। राष्ट्रपतिले संसद भंग गरेको र नयाँ सरकार बनेको घोाषणा कसले गर्ने? राष्ट्रपति पौडेले यही संविधान अन्तर्गत निर्वाचित भएकाले उनी यो सविधान भन्दा बाहरि गएर अर्को सरकार बनाउन तयार होलान्? भन्ने प्रश्न पेचिलो बनेको छ।

नयाँ सरकार गठनका विषयमा सेनाको सक्रियामा जंगी अड्डाभित्र वार्ता हुनुले अब के मुलुक सैनिक सर्वोच्चतातिर गएको हो? भन्ने प्रश्न खडा हुन्छ। यदि त्यस्तो हो भने जनतासम्म संगठन भएका कांग्रेस, एमाले र माओवादीलगायतका दललाई बाहिर राखेर नेताले सत्ता चलाउन सक्छ?वा उनीहरुको प्रतिरोधको सामना गर्न सक्छ? यो अझ गम्भीर प्रश्न हो। दलहर विस्तारै संगठित हुन थालिसकेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर