मिडियाबाजी डटकम काठमाडौँ, असार १८ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरूको स्तर गिरेको बताएका छन् ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यो त्रुटी नभइ बदमासी भएको र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
उनले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको उनको भनाइ छ । उनले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए । संलग्नहरूले कारबाही भोग्नुपर्ने उनले बताए । सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताए ।