काठमाडौं उपत्यकामा विहानैदेखि बर्षा, आज धेरै ठाउँमा पानी पर्ने

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २१।   देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज (आइतबार) कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

गए राति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । गए राति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर