काठमाडौँमा स्कुटर चोरीमा संलग्न एक व्यक्ति पक्राउ

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ । काठमाडौँ महानगरपालिका–२६, मित्रनगरबाट आइतबार स्कुटर चोरीमा संलग्न एक व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँको गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गी रहेका छन्। वास्तविक नम्बर प्रदेश ०३–०२–००५ प ३७२ रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२१ प ७९२४ राखी चलाइरहेको अवस्थामा खड्गीलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त स्कुटर भक्तपुरका कञ्चन भुजुले काठमाडौँको ठमेलबाट हराएको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

स्कुटरसहित नियन्त्रणमा परेका खड्गीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर