कांग्रेस संसदीय दलको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ?

  माघ १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने कांगैसले जनाएको छ । माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो । सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुनेछ ।
यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर