मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २६ । सत्ता साझेदार नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बिहान ८ बजे बस्ने छ । कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुनेछ ।
बैठकमा एक महिनादेखि कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ। लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ ।