मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज ४ बजेभित्र सभामुखको उम्मेवारी दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको छ । न्यौपानेले केही बेरमै सभामुखमा उम्मेदवारी दर्ता गर्ने कांग्रेस सांसद सीता गुरुङले जानकारी दिइन् ।