कर्मचारीलाई कार्यालय समय बाहेक काममा लगाइएको भन्दै मुख्यसचिव र सचिवहरूको आपत्ति

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ४ ।  नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द गर्नुपर्ने बताएका छन्।

शक्तिको आडमा कानूनको दुरुपयोग गर्दै यस्ता क्रियाकलाप मौलाएपछि मुख्य सचिवले यसबारे निर्णय गराएका छन्। कर्मचारीहरूलाई असीमित अवधिसम्म कामकाजकाजमा खटाउने कार्य बन्द गर्ने गत असार २ गतेको सचिवस्तरीय बैठकबाट निर्णय भएको प्रधानमन्त्री तथा मन्त्री परिषद्ले जानकारी दिएको छ।

अब कर्मचारीलाई कामकाज काजमा खटाउँदा निजामती सेवा ऐन, २०४९ को दफा १८ क, निजामती सेवा नियमावली, २०५० को नियम ४२ क, नेपाल स्वास्थ्य सेवा ऐन, २०५५ को दफा २१, २१ क, र २१ख, तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा ( बमोजिम भए नभएको सुनिश्चित गरिनेछ । काजको अवधिका सम्बन्धमा सम्बन्धित ऐन तथा नियमावलीमा भएको व्यवस्था कडाईका साथ पालना गर्ने समेत निर्णय भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर