मिडियाबाजी डटकम काठमाडौँ भाद्र ३१ । चाडपर्वलाई लक्षित गर्दै कर्णाालीका विभिन्न १८ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा र डिपोहरुमा सस्तो पसल सञ्चालन गरिएको हो।
सोमबारदेखि कर्णालीका सल्यान बाहेक नौ जिल्लाका १८ वटा स्थानबाट सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमूख केशवराज बुढाले बताए।
कर्णालीका कालिकोट, मुगु, डोल्पा र जाजरकोटका तीन/तीन स्थानमा, हुम्ला दुई स्थानमा र दैलेख, जुम्ला रुकुमपश्चिम र सुर्खेत जिल्लामा एक/एक स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमूख बुढाले जानकारी दिए।
कर्णालीका २४ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भए पनि जेनजी आन्दोलनका कारण देशको विषम परिस्थितीले एकैदिन सबै स्थानमा सुरु गर्न नसकिएको उनले बताए।
सुपथ मूल्य पसलमा विक्री वितरण हुने चामल र चिनीमा प्रति केजी ५ रुपैयाँ र तेलमा प्रति लिटर सात रुपैयाँ छुट दिइएको उनले बताए।