ओलीप्रति नेपालको टिप्पणी : ‘आत्मालोचना गरे होलान् भनेको अझै पो ठूलो स्वर छ’

  पुष २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन नगरेको प्रति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमा अझै आत्मआलोचना नभएको प्रति आश्चर्य व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन पेश गरेको प्रस्तावमाथि बोल्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको आफूखुसी व्याख्या गर्न नपाइने बताए ।

एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले अझै पनि संसद विघटन गर्न पाइने तर्क गरिरहेको भन्दै संविधानको रक्षाप्रति गठबन्धनको धारणा माग गरे। ‘सरकारको संविधानप्रतिको प्रतिवद्धता के हो ? संसद विघटन गर्न पाइन्छ भन्ने मान्यता गठबन्धन दलको हो ?’ ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘के यो ब्रिटेन हो ? के यो भारत हो ? के यो पुरानो नेपाल हो ? संसद विघटनमा आत्मालोचना गर्लान् भनेको त यहाँ आएर झन् गर्जिएको देख्दा अचम्म पो लाग्यो त ’

अर्को सरकार बनाउने विकल्प हुन्जेल कसैको लहडको भरमा संसद विघटन गर्न नपाइने उनको तर्क छ। ’प्रधानमन्त्री पद जोगाउनै पर्यो भन्ने होला भनेको त,अझै पो ठूलो स्वर छ । तर हामी अब त्यस्तो गोलचक्करमा नफसौँ । नेपालले थपे, प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार छैन। सर्वोच्च अदालतले भनिसकेपछि पनि अझै स्वर ठूलो गर्नुको अर्थ छैन ।’ ओलीको संसद विघटन गलत थियो र त्यो प्रतिगामी कदम नै हो भन्दै नेपालले थपे, ‘महसुस त हुनुपर्ने हो अझै महसुस नै छैन ।’

तपाईंको प्रतिक्रिया

थप खबर