ओझेलमा बुद्धको मावली

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ ।   बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो ।

लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि ओझेलमा छ ।

रूपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक देव निर्मित प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीयको दाबी छ । सामाजिक अभियन्ता लक्ष्मी थारुले भने, ‘बुद्धको मावलीको खोज तीव्र गतिमा चलिरहे पनि यस क्षेत्रको भूगोल एवं इतिहासप्रति सम्बन्धित निकायहरूको चासो देखिँदैन, नाम जुरेकै आधारमा नयाँ ‘देवदह’ लाई प्राथमिकतामा राखेर वास्तविक कोलियग्रामको तथ्य नै ओझेलमा पार्ने प्रयास भएको छ ।’ कोलियका पुरातात्विक संरचना र ऐतिहासिकस्थल संरक्षणको अभावमा हराउने जोखिम रहेको उनको भनाइ छ ।

सिलोनी इतिहासका अनुसार, रोहिणी (कोहान) नदी कपिला र कोलीय दुवै नदी सहरको बीचबाट बग्दथे। जहाँ कोलीय शहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो। यसलाई ‘व्याघ्रपुर’ पनि भनिन्थ्यो ।

इतिहासकार एलेक्जेण्डर कनिङ्घमद्वारा लिखित ‘प्राचीन भारतको भूगोल’ (१८७१) पेज ४१७ मा लेखिएको छ, ‘कोलीको स्थिति अनिश्चित छ, तर यो सम्भवतः अमकोहिल गाउँसँग जोड्न सकिन्छ, जो लुम्बिनी नगरदेखि पूर्वतर्फ ११ माइल र कोहाना नदी नजिकैको विन्दुभन्दा केही कम तीन माइल टाढा छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर