एसईईको नतिजा प्रकाशित, कसरी हेर्ने ?

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको केहीबेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो ।

यो पटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ। यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गत वर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ । एसईई–२०८१ को नतिजासम्बन्धी विवरणSMS, IVR तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ । नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ । नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।
यसरी हेर्नुस् नतिजा

तपाईंको प्रतिक्रिया

थप खबर