एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्ताव अनुमोदन गरिंदै

  श्रावण ०३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन २। सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शुक्रबार) बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा ११ बजे बोलाइएको बैठक १ बजेका लागि सारिएको छ ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर