मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ । सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै–नाटक भन्दै व्यङ्ग गरेका छन् ।
कृष्ण जन्माष्टमीको दिन शनिबार रुपन्देहीको कारागारबाट नख्खु जेलमा सरुवा भएका लामिछानेप्रति व्यङ्ग गर्दे उनले जनता झुक्काउने नाटक बन्द गर्न चेतावनी दिएका छन् ।
रवि लामिछानेले विगतमा गरेका कार्यहरूको विवरण दिँदै बस्नेतले अरूलाई पर्दा ठिक आफूलाई पर्दा बेठिक भन्ने मान्यता लामिछानेले बसाएको आरोप लगाए । ‘कलियुगका जेलका भित्ते कृष्णजीको नाटकै नाटक’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब जनतालाई झुक्काउने र स्टनबाजी गर्ने नाटक बन्द गर कलियुगका जेलका भित्ते कृष्णजी !।’