मिडियाबाजी डटकम काठमाडौँ, असार ३१ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।
एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने स्पष्ट पारेकी छन् । मदन भण्डारी फाउन्डेशनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् ।
उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भए पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् । दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क पूर्व राष्ट्रपतिले गरेकी छन् ।