मिडियाबाजी डटकम काठमाडौँ, असार ६ । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्तिपिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताए। माओवादीसँग भएको दुई बुुदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताएका छन्।
उनले भने, ‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौं भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनु भयो ।’ रास्वपाले स्टन्ट गरेर नीलो रिबन र कालो लुगा लगाएर आएको आरोप समेत उनले लगाए।