मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको छ । सत्ता साझेदार दलहरूले आजै प्रदेश प्रमुखसामु प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको नाम पेश गर्ने तयारीमा छन् । सत्ता साझेदारबीच भागबण्डामा एमालेले मुख्यमन्त्री पाएको हो । यसअघि मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए । माओवादीले भने सभामुख पाएको छ ।
एमाले संसदीय दलका नेता रहेका कार्की अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । झापा ५ को क्षेत्र नम्बर क बाट प्रदेशसभामा निर्वाचित कार्की स्थायी कमिटी सदस्य पनि हुन्।