मिडियाबाजी डटकम काठमाडौँ, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा कुनै तनाव नआउने दावी गरेका छन् ।
मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले कुनै गोला बारुद नपड्कने र एमाले एकजुट हुने बताएका हुन् ।
‘मदन भण्डारीको जन्म जयन्तीसँग हामीले राष्ट्रिय वृक्षारोपण कार्यक्रम गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौं। तर कतिपयले वृक्षारोपण कार्यक्रम भनेपछि यो कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ ओलीले भने, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ ? म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ ? यस्तो विश्लेषण गर्ने ? कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आश नगरे हुन्छ ।’