एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ३१ ।  काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकैदिन पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्णखोप घोषणा भएका छन्।

परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशकअघिदेखि सुरु गरिएको थियो। एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा भएको यो पहिलोपटक हो। नेपालमा सुरुमा पाल्पा पूर्णखोप जिल्ला घोषित भएको थियो।

“पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणामात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्त्वपूर्ण कदम हो”, शाखाका प्रमुख डा गौतमले भन्नुभयो, “यो नेपालका लागिसफलताको हो।”

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्यकर्मी एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधिको नेतृत्व एवं अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यले भएको बताए।

हरेक वर्ष घरदैलो कार्यक्रम गरी खोज र खोप अभियानअन्तर्गत दुई वर्षमुनिका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाए÷नपाएको पहिचान गरिन्छ। खोप लगाउन छुट भएका ती बालबालिकालाई सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ।

तपाईंको प्रतिक्रिया

थप खबर