उपाधि जित्न सिङ्गापुरले दियो नेपाललाई ११४ रनको लक्ष्य

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २१ ।  एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा उपाधि जित्न सिङ्गापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।

मलेशियाको बाङ्गीमा चलिरहेको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर पाँच बलमा ११३ रन बनाउँदा अलआउट भयो ।

सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३, कप्तान रियान नाइकले १५, वेदनाश गुप्ताले अविजित १२ र आकाश तेजाले १० रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान तीन विकेट लिए । यस्तै शुभम खनालले तीन र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।

तपाईंको प्रतिक्रिया

थप खबर