उपप्रधानमन्त्री सिंहकी दिदी रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय

  बैशाख २४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४।  काठमाडौंको नक्सालस्थित बाल मन्दिर (बाल संगठन) को जग्गा हिनामिना प्रकरणमा रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर