उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  चैत २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २१ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिने समय तोकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले मंगलबारका लागि समय तोकिदिएको हो ।
तनहुँ–१, बारा–२ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । सोमबार तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती उम्मेदवारविरुद्ध उजुरी परेमा बुधबार छानबिन गरी बुधबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

तपाईंको प्रतिक्रिया

थप खबर