इरानद्वारा इजराइलको राजधानीमै हमला

  असार ०१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १ ।  इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ ।

हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । शनिबार राति मात्रै चार जना इजरायली इरानको हमलामा मारिएको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ । शनिबार उत्तरी इजराइलमा इरानले प्रहार गरेको मिसाइलका टुक्राहरू जमिनमा खस्दा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षका दुई महिला, २० वर्षकी युवती र एक १३ वर्षीया किशोरी रहेको सिएनएनले जनाएको छ । यसअघि शुक्रबार राति तीन जनाको मृत्यु भएको थियो । इजराइलको आपतकालीन सेवा विभागका म्यागेन डेभिड एडोम तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको थियो ।
इरानले प्रहार गरेको मिसाइलले भत्काएको घरको भग्नावशेषमा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यसअघि तेल अभिभकै पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो । रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर