इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड बनाउन एनएमबि बैंकको २५ लाख सहयोग

  पुष २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु¥याउँनेछ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र प्क्ष्इऋज् का अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर