इजरायल द्वन्द्वमा परेका ब्यक्तिहरुलाई तत्काल उद्धार गर्न सरकारसँग पीडित पक्षको माग

  असोज २२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २२। पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्नसरकारसँग आग्रह गरेका छन ।
सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश एनपी साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा बिष्टले बताएका थिए । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरु अध्ययनका लागि इजरायल गएका थिए ।

उनीहरुसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले उनीहरु तनावमा रहेकाले सरकारले उनीहरुलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाई गर्न नहुने पनि चन्द्राले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर