मिडियाबाजी डटकम काठमाडौँ असाेज १ । सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।
नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो ।
मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यकबाहेकका कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो ।
निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ ।