आन्दोलनरत अखिल क्रान्तिकारी र त्रिविबीच चार बुँदे सहमति

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ ।   त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागको स्तरीकरणको माग गर्दै विगत ३४ दिनदेखि आन्दोलनरत प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र त्रिभुवन विश्वविद्यालय प्रशासनबीच चार बुँदे सहमति भएको छ ।

यो सम्झौतासँगै विगत ३४ दिनदेखि जारी आन्दोलन अन्त्य भएको छ ।

मंगलबार साँझ भएको वार्तामा त्रिवि केन्द्रीय विभागमा मानविकी तथा सामाजिक शास्त्र संकायको आन्तरिक छात्रवृत्ति कार्यान्वयन लगायतका माग सम्बोधन गर्ने सहमति भएको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. दुविनन्द डकालको रोहबरमा त्रिभुवन विश्वविद्यालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनाल र आन्दोलनरत विद्यार्थीका तर्फबाट अत्रिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं त्रिवि जिल्ला समितिका इञ्चार्ज ममता जोशी, त्रिवि जिल्ला समितिका कार्यवाहक अध्यक्ष शिवराज भट्ट, आन्दोलन कमाण्डरं प्रविण दाहाल र आन्दोलन संयोजक टिकेन्द्रप्रसाद चौलागाईबीच चार बुँदे सहमति भएको हो ।

सहमतिका बुँदामा मानविकी तथा सामाजिक शास्त्र संकायका केन्द्रीय विभागमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनमा लिइने भर्नाको शुल्कलाई एक लाख १० हजारबाट घटाएर ९० हजार कायम गरिने तथा यो व्यवस्था दुवै सेमेस्टरका लागि कार्यान्वयन गरिने सहमति भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर