आन्दोलनको पूर्व सन्ध्यामा ४० वर्षमुनिका युवासँग अन्तर संवाद गर्दै अध्यक्ष लिङ्देन

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ८ ।   जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारीमा रहेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्व सन्ध्यामा ४० वर्षमुनिका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् । जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा दिइएको छ । सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले जानकारी दिएका छन् ।

राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नै पर्ने आवश्यकता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो , हिन्दू राष्ट्र पुनस्र्थापना र संघीयताको खारेजी गर्नुपर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रूपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर