आज संघीय संसदका ६ संसदीय समितिको बैठक बस्दै

  पुष १९, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , पौष १९ ।  आज संघीय संसदका ६ संसदीय समितिको बैठक बस्दै छ ।

आज प्रतिनिधिसभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर