आज शेयर बजार २०६२ विन्दुमा झर्‍यो, ३ अर्ब ८६ करोड कारोवार !

  फागुन ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ३ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

यसदिन नेप्से १४.४६ अंकले घटेर २०६२०३ विन्दुमा बन्द भएको छ । बिहीबारको बजारमा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रूपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन अर्थात् बुधबार ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रूपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबारको तुलनामा आज कारोबार रकममा ३९ करोड रूपैयाँ कमी आएको हो । यस दिन ३०५ वटा धितोपत्रको १ करोड १४ लाख ०७ हजार २६४ कित्ता सेयर किनबेच भएको हो ।

ीबहmष् दबलप
बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । उक्त कम्पनीको सेयर मूल्य क्रमशः ९ हजार ३११ रूपैयाँ ८० पैसा र एक हजार ४८६ रूपैयाँ ६० पैसा कायम भएको छ । मैलुङ खोला जलविद्युतको सेयर मूल्य सर्वाधिक ५.७० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ५४६ रूपैयाँमा झरेको छ ।

यस्तै, प्रोगे्रशिभ फाइनान्सको सेयरमूल्य ५.५८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको सेयरमूल्य ३२० रूपैयाँ कायम भएको छ । बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर