आज पनि सुनको मूल्य स्थिर, प्रतितोलाको भाउ कति ?

  माघ १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १४ । आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि यहि दरभाउमा सुनको किनबेच भएको थियो । त्यसैगरी, चाँदीको भाउमा पनि परिवर्तन भएको छैन । यस दिन चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर