मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २८ । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार अहिले (बुधबार) बिहान सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भू–भागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ। बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।