मिडियाबाजी डटकम काठमाडौँ, असार २ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ।
केन्द्रीय बैंकले राष्ट्र बैंकबाट तुरुन्त पाइनेगरी साविककै आकार र रङमा १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको हो। नोटमा बाँयातर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
यस नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ।