आजको शेयर बजार ९.३४ अंकले बढ्यो, एक अर्ब ८६ करोडको कारोबार

  फागुन १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १५ ।  साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ९.३४ अंकले बढेर दुई हजार १ दशमलव ६४ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज १ अर्ब ८६ करोड ९८ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड र बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि आज ९.२६ प्रतिशतले बढेको छ ।

आज चिख्र्वा हाइड्रोपावर लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज ५.०६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर