आजको शेयर बजार : नेप्से परिसूचक ३६.८६ अंकले बढ्यो , ४ अर्ब ३० करोडको सेयर कारोबार

  मङि्सर २६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर २६ ।  सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.४० अंकले घटेको बजार आज ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा बन्द भएको हो। यो १.८९ प्रतिशत हो ।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । यसदिन २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँमा खरिद बिक्री भए ।

सोमबार ४ अर्ब ८४ करोड बढीको सेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार तीन पटक सर्किट ब्रेक लागेर दिनभरको कारोबार नै बन्द भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर