आजको मौसम कस्तो रहला ?

  पुष १८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १८। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुनेछ । विभागका अनुसार तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लाग्नाले चिसो बढ्ने र जनजीवन प्रभावित हुनेछ । चिसो क्रमिक रुपले बढ्दैगएकाले त्यसबाट बच्न विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।

आज सोमबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र अन्य ठाउँमा सामान्यतः मौसम सफा रहने छ । सोहीअनुसार भोलि मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । विभागका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हिमपात हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर