मिडियाबाजी डटकम काठमाडौं ,फागुन ४ । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि बजेट १८ खर्बको सिलिङमा आउने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलनगरी आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ भएको जानकारी गराएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्बको बजेट सिलिङ निर्धारण गरेको हो । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०र०८१ को बजेटको आधार नघटाएको बताए । उनले संभव भएजति खर्च गर्न कोशिस गर्ने बताए ।